चैतयता ३४ सयबढीले गरे आत्महत्या

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १५:४१
;

काठमाडौं । गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गर‍ेका छन् । साउन महिनामा मात्र देशभर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गत चैत्रदेखि लकडाउन सुरु भएयता आत्महत्या गर्नेको संख्यामा वृद्धी भइरहेको छ । गत असारमा मात्र देशभर ९ सय ७२ जनाले आत्महत्या गरेका थिए ।

त्यस्तै असारमा काठमाडौं उपत्यकामा ७३, प्रदेश–१ मा एक सय ९७, प्रदेश–२ मा एक सय ६०, बागमतीमा एक सय ७२, गण्डकीमा ९०, प्रदेश–५ मा एक सय ६३, कर्णाली प्रदेशमा ४५ र सुदुर पश्चिम प्रदेशमा ७४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाँच सय १३ पुरुष, ३ सय २७ महिला, ५६ बालक र ७६ बालिकाले आत्महत्या गरेका छन् ।

प्रहरी तथ्यांकअनुसार साउन महिनामा मात्र काठमाडौं उपत्यकामा ५८ जना, प्रदेश–१ मा एक सय ३० जना, प्रदेश–२ मा ६७ जना, बागमती प्रदेशमा एक सय ६ जना, गण्डकी प्रदेशमा ७२ जना, प्रदेश–५ मा एक सय ५३ जना, कर्णाली प्रदेशमा ४५ जना र सुदुर पश्चिम प्रदेशमा ७९ जनाले आत्महत्या गरेका छन्। ३ सय ९२ पुरुष, २ सय ३८ महिला, ४२ बालक र ३८ बालबालिकाले आत्महत्या गरेका छन् ।

असार र साउनमा मात्र देशभर एक हजार ६ सय ८१ जनाले आत्महत्या गरेका छन् जुन दैनिक औसत २८ जना हुन आउँछ ।

चैतयताको तथ्यांक हेर्ने हो भने नेपालमा दैनिक औसत २३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा देशभर ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका थिए । यो दैनिक औसत १७ जना हुन आउँछ ।

आर्थिक वर्ष २०७५–०७६ मा देशभर पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेका थिए जुन दैनिक औसत १६ जना हुन आउँछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*