हेटौंडाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडाका थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंंडा– ४ का ६१ वर्षीय पुरुष रहेका छन् । उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्रोतले जनाएको छ ।
भदौं १६ गते अस्पताल भर्ना भएका उनमा भदौं १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतक पोखरेललाई कुनैपनि दिर्घरोग नरहेको समेत पारिवारिक स्रोतले जनाएको छ ।