कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु, मृतकको संख्या ३ सय ४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंमा मात्र ६५ वर्षीया दुई महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ ।