अब दुई हजार रुपैँयामा पीसीआर परिक्षण
काठमाडौं । सरकारले कोरोना संक्रमण पत्ता लगाउनको लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । । यसअघि अधिकतम चार हजार चार सय रुपैयाँ लिने गरिएकोमा अब दुई हजार रूपैयाँमै पिसिआर परीक्षण हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशोधन गरेर दुई हजार रुपैयाँ कायम गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अनुमति पाएका सरकारी अस्पताल तथा निजी प्रयोगशालाले अब पीसीआर परीक्षणको शुल्क अधिकतम दुई हजार रुपैयाँमात्र लिन पाउने छन् ।