स्वास्थ्यकर्मीको सम्मानमा घरघरमा दीपावली गर्न सरकारकोआग्रह

काठमाडौं । सरकारले आगामी असोज १ गते बेलुका आठ बजे घरघरमा दीपावली गर्न आग्रह गरेको छ ।
विश्व बिरामी सुरक्षा दिवसको अवसरमा कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि दीपावली गर्न अनुरोध गरेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक तारानाथ पोखरेलले बताए ।
सरकारले पनि असोज १ गते बेलुका सात बजे माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने उनले बताएका छन् ।