कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १७:५३
;

जनकपुरधाम । कोरोना संक्रमणका कारण महोत्तरीका थप एक जनाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका–३ का ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको हो ।

ज्वरो र सास फेर्न कठिनाइ भएपछि गत भदौ २२ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना भएका उनको आइतबार मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए ।

उनी उच्च रक्तचापका बिरामी थिए । योसँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*