हुकिङ गरेर विद्युत प्रयोग गर्न खोज्दा करेन्ट लागेर मृत्यु
जनकपुरधाम । महोत्तरीमा हुकिङ गरेर विद्युत प्रयोग गर्न खोज्दा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ ।
मृतयु हुनेमा जिल्लाको मटिहानी नगरपालिका १ सानो धिरापुर निपासी प्रभु खत्बे रहेका छन् ।
७८ वर्षीय खत्बेलाई आफ्नै गोठमा बिजुलीको पोलबाट हुकिङ लगाउने क्रममा करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव जलेश्वर अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।