कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १०:२३
;

कपिलवस्तु । कोरोना संक्रमणका कारण कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका– ५, चन्द्रौटा बजारका ४७ वर्षीय महिलाको मृत्यु भएको हो ।

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ती महिलाको सोमबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

त्यस्तै उक्त वार्डकै ५८ वर्षीय पुरुषको आइतबार भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको छ । महिलामा भदौ २१ र पुरुषमा भदौ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*