एकै घरमा बस्ने १३ जनामा कोरोना पुष्टि

सुनसरी । एकै घरमा भाडामा बस्ने ६ परिवारका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान–१६ को एकै घरमा बसेका उनीहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
यसअघि संक्रमण पुष्टि भएको ७८ वर्षका वृद्ध र ७० वर्षकी वृद्धा दम्पत्तिमा कोरोना पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक ट्रेसिङ गरेर स्वाब लिइएकाहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए हो ।
मेहताका अनुसार पोजेटिभ रिपोर्ट आएकाहरूमा ९ जना महिला र ४ जना पुरुष छन् ।