कोरोना संक्रमणबाट ३३ वर्षीया महिलाको मृत्यु
सिरहा । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत कर्जन्हा नगरपालिका–३ बन्दिपुर घर भएकी ३३ वर्षीया महिलाको मृत्यु भएको हो ।
लामो समय देखि ज्वरो आइरहे पछि उनी जनकपुरस्थित काब्या अस्पताल जनकपुरमा भर्ना भएकी थिइन् ।
पीसीआर परीक्षणमा पोजेटिभ आएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।










