कोरोना संक्रमित महिलाको मृत्यु
वीरगञ्ज । गण्डक कोभिड अस्पतालमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
वीरगन्ज महानगरपालिका–१० की ५५ वर्षीया महिलाको सोमबार मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
उनी गत भदौ १२ गते अस्पताल भर्ना भएकी थिइन् । उनमा संक्रमण पुष्टि भने २२ गते भएको थियो ।










