नेपाल–भारत सीमाका एक नेपाली युवामाथि गोली प्रहार

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १२:२८
;

विराटनगर । मोरङको नेपाल–भारत सीमा क्षेत्रका एक नेपाली युवामाथि गोली प्रहार भएको छ ।

मोरङको विराटनगर महानगरपालिका–१७ मटेरुवा हुँदै भारततर्फ छिरेका विराटनगर–१२ रोडशेष चोकका २४ वर्षीय बासु भनिने दीपक मण्डलमाथि नेपाल–भारत सीमा क्षेत्र दशगजामा गोली प्रहार भएको हो ।

उनीमाथि भारततर्फको भूमिमा गोली हानिएको छ । तर सीमामा खटिएका नेपाल र सशस्त्र प्रहरीले घटना भएका बेला कुनै जानकारी पाउन नसकेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*