बागमती प्रदेशका २ सय ११ सहित ९ सय बढी सशस्त्र प्रहरीमा कोरोना
काठमाडौं । सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या ९ सय २५ पुगेको छ ।
संक्रमितहरु मध्ये सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा रहेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताएका छन् ।
अर्यालका अनुसार बागमतीमा मात्रै २ सय ११ सक्रिय संक्रमित रहेका छन् ।
यस्तै प्रदेश १ मा २२, प्रदेश २ मा १ सय ३५, गण्डकी प्रदेशमा ११, प्रदेश ५ मा ४९,
कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिममा २ जना सक्रिय संक्रमित छन् ।
जसमध्ये ४ सय ९२ डिस्चार्ज भएका छन् भने ४ सय ३३ सक्रिय संक्रमित छन् ।