हतियारसहित दुईजना पक्राउ

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १३:१७
;

स्याङ्जा । विभिन्‍न हातहतियारसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका ७, ठूलाडिही मोहरिया छापडाँडाका भीमबहादुर ठकुरी रहेका छन् ।

उनको साथबाट एकथान एकनाले भरुवा बन्दुक, एकथान एकनाले बाह्रबोर बन्दुक, सोको २ थान टोटा, दुईथान फलामको खाली टोटा, एकथान बारुद छर्रा भरेको टोटा, ८८० ग्राम बारुद, ३३ थान फलामका छर्रा (बेयरिङ) ठूलो, ६५ थान फलामको छर्रा (बेयरिङ) सानो, ६८ थान केप, एकथान ग्रिसको डिब्बा र एकथान फलामको पाता बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

यस्तै स्याङ्जा, पुतलीबजार नगरपालिका ७, मोहरियाका ओमबहादुर हमाललाई पनि प्रहरीले पक्राउ गरेको छ । एकथान लोड गरी राखेको एकनाले भरुवा बन्दुक, एकथान खाली एकनाले भरुवा बन्दुक, ८८० ग्राम बारुद, ४८ थान पाते पट्काजस्तो देखिने वस्तु, ८० थान केप बरामद भएको छ ।

पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*