१० किलो अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज । १० किलो लागूऔषध अफिमसहित दुई जना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाँउपालिका–८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका–१९ का बसन्त घर्ती मगर रहेका छन् ।
कुसुम बजारमा हिंडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।