पाइलट विजय लामामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामामा कोरोना संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।
लामाले आइतबार स्वाब दिएका थिए । सोमबार बिहान रिपोर्ट आएसँगै आफू सोल्टी होटलको आइसोलेसनमा छन् ।
उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई संक्रमण पुष्टि भएको छ ।