बञ्चरो र ढुङ्गा प्रहार गरि आमाको हत्या
काठमाडौं । आमाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कमल गाउँपालिका–७ ठुलो बाह्रघरे बस्ने २४ वर्षीय दिनेश ऋषिदेव रहेका छन् ।
५० वर्षीया मीरा ऋषिदेवको हत्या गरेको आरेपमा प्रहरीले छोरा दिनेशलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेका दिनेशले बञ्चरो र ढुङ्गा प्रहार गर्दा मीराको घट्नास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।










