जग्गा कित्ताकाट खोल्ने निर्णय ७ दिनमै खारेज

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १४:२४
;

काठमाडौं । जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय खारेज भएको छ । तीन वर्षसम्म बन्द रहेको जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय चौतर्फी रुपमा विरोध भएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खारेज गरेको हो ।

जग्गा कित्ताकाट फुकुवा सम्बन्धी निर्णय गत भदौ १८ गते भूमि व्यवस्था मन्त्री पद्मा अर्यालको प्रस्तावमा मन्त्रीपरिषद्ले निर्णय गरेको थियो ।

उक्त निर्णय भूमि सम्बन्धी ऐन तथा नियमावली २०७४ विपरीत भएको र भूमाफिया पोस्ने नियतबाट गरिएको भन्दै सबैतिर चर्को विरोध भएको थियो । यसरी बिरोध हुन थालेकाले भदौ २५ गते मन्त्रालयले बदर गरेको छ ।

मन्त्री अर्यालले २०७५ पुस २७ गते कृषि बाहेकका अन्य जग्गाको कित्ताकाट खुल्ने भनि गरेको निर्णय पनि बदर गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*