सेनाको व्यारेकमा आइसोलेसन निर्माण

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १५:१२
;

मकवानपुर । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले नेपाली सेनाको विभिन्न ब्यारेकहरुमा ९० शैयाको आइसोलेसन कक्षको स्थापना गर्ने निर्णय गरेको छ ।

आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमितको संख्या दिनानु दिन बढेसँगै ९० शैयाको आइसोलेसन कक्षको स्थापना गर्ने निर्णय गरेको हो ।

लक्षण देखापरेका व्यक्तिहरुलाई तत्काल उपचार सेवा प्रदान गर्ने उदेश्यले आइसोलेसन कक्षको स्थापना गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

सोही बैठकले मध्ये पृतना मुख्य कार्यालय सुपारेटार, श्री दलगण चित्लाङ, श्री न. एक जगदलगण सुनाचुरी, कालि इन्जिनियरीङ दलगण भैँसे, पुरानो गोरखगण सुपारेटार, श्री न.३ कुलेखानी, भीमफेदीस्थित प्लास्टीक उद्योग र छतिवन व्यारेकमा पनि छुट्टाछुट्टै आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*