नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १५:२०
;

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध
भएको छ । ईच्छाकामना गाउँपालिका–६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडकमा खसेको पहिरो ठूलो मात्रामा रहेका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने प्रहरीले जनाएको छ ।

यसअघि पनि सोही ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*