कुलमान घिसिङको योगदानलाई नेपाली नागरिकले कहिल्यै बिर्सन छैनन्ः श्रेष्ठ
काठमाडौं । कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योगदानलाई नेपाली नागरिकले नबिर्सिने बताएका छन् ।
प्रवक्ता श्रेष्ठले ट्वीट गर्दै यस्तो बताएका हुन् । साथै उनले घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
उनले ट्वीटमा लेखेका छन्, ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले ऊर्जा क्षेत्रमा पुर्याएको योगदानलाई नेपाली नागरिकले कहिल्यै बिर्सने छैनन् ।’










