कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने
काठमाडौं । सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले मन्त्री ढकालको उपस्थितीमा भएको बैठकले अबदेखि संक्रमित विपन्न नागरिकको उपचार निशुल्क गर्ने र अन्यको उपचार अफ्नै खर्चमा गर्ने निर्णय गरेको हो ।
बैठकले गरेको १२ बुँदे निर्णय कार्यान्वयन लागि मन्त्रालयले माताहतका निकायमा पत्र समेत पठाइसकेको छ ।
बैठकले गरेको निर्णय नम्बर ८ मा उपचार सम्बन्धमा उक्त कुरा उल्लेख गरिएको छ । उक्त निर्णयमा अबदेखि लक्षण भएकाको मात्र उपचारको व्यवस्था गर्ने कुरा पनि उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम भने यो विषय अझै छलफलका क्रममा रहेको बताएका छन् ।
यो निर्णय लागू भएपछि विपन्न बाहेक अन्यले भने आफ्नै खर्चमा उपचार गर्नुपर्ने हुन्छ ।










