थप ११ सय ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८ सय ७८ जनाको पिसीआर विधिबाट गरिएको परीक्षणमा ११ सय ७० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ जना पुगेको छ । आज १५ हजार ३ सय ९३ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।