हेटौंडाका थप ५१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १६:४६
;

मकवानपुर । हेटौंडाका थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा सोमबार गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये २५ जना महिला र २६ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिएका छन् ।

हिजो भदौ २८ गते स्वाब संकलन भएका  १८४ जनाको रिपोर्ट सोमबार सार्वजनिक गरेको चौलागाईले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*