कोरोना संक्रमणबाट बागमती प्रदेशका ९ सहित १५ जनाको मृत्यु

हेटौडा न्युज
२९ भाद्र २०७७, सोमबार १७:२१
;

मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशका ९ जनासहित १५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा ५ महिला र १० जना पुरुष गरी रहेका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६१ वर्षीया महिला र ७७, ६२, ७३, ८५, ७० वर्षीय पुरुष, ललितपुरमा ५५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीय पुरुष र रामेछापमा २३ वर्षीय पुरुषकोको मृत्यु भएको छ ।

साथै मोरङमा ४० र ७० वर्षीय पुरुष कोरोनाबाट मृत्यु भएको छ । गोरखामा ६३ वर्षीया, नवलपरासीमा ६२ वर्षीया, पर्सामा ५५ वर्षीया र कपिलवस्तुमा ४७ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*