थाहा नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा १ सय ८४ जनाको पिसिआर परिक्षणमा थाहानगरका एक सहित ५६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित पुष्टि भएका पुरुष थाहा नगरपालिका–२, इन्द्रायणी बस्तीका हुन् । उनी नेपाली सेनाको भद्रकाली गणमा कार्यरत हुन् ।
त्यस्तै हेटौंडाका ५१ जना, चितवनका एक महिला र रौतहटका ३ जना गरी ५६ जनामा कोरोना संक्रमण पुष्टि हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइ बताए ।