मल नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस
काठमाडौं । सरकारसँग सम्झौता गरेर रासायनिक मल नल्याउने होनिको मल्टिपल र शैलुङ इन्टर प्राइजेजलाई कालोसूचीमा राख्न सिफारिस भएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडले आज सोमबार सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै कालोसूचीको लागि सिफारिस गरेको जनाएको छ ।
यसअघि ती कम्पनीसँगको सम्झौता रद्द गरि धरौटी बापतको रकम समेत सरकारले जफत गरिसकेको छ ।