मकवानपुरमा कोरोना संक्रमितको संख्या १ हजार नाघ्यो

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमितको संख्या १ हजार नाघेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार मकवानपुर एकैदिन ७० जनामा संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ हजार ५२ पुगेको हो ।
मकवानपुको हेटौंडा, थाहा नगरपालिका, मनहरी लगायत स्थानीय तहमा गरी संक्रमित थपिएका थिए ।
मकवानपुरमा सोमबार ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।