रक्सी पिउन नदिएको भन्दै छोराको हत्या
पर्सा । रक्सी पिउन नदिएको भन्दै बुबाले छोराको हत्या गरेका छन् । पोखरिया नगरपालिकामा ७० वर्षीय लक्ष्मी साहले ३५ वर्षीय छोराको हत्या गरेका हुन् ।
बाबुको रक्सी खाने कुलत हटाउन खोजेका मधो साहले यसका लागि हरसम्भव प्रयास पनि गरेका थिए ।
तर, २९ भदौमा लक्ष्मीले रक्सी पिएर टिल भएर आएपछि छोरालाई चक्कु प्रहार गरे । उनीहरुबीच त्यही दिन विवाद हुँदा छोराको हत्या गरेका हुन् ।










