कोरोना संक्रमणबाट ५५ वर्षीया महिलाको मृत्यु

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १२:५५
;

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा बाराको डुमरवाना– १४ निवासी ५५ वर्षीय महिला रहेकी छिन् ।

ती महिला भदौ २९ गते सोमबार अस्पताल भर्ना भएकी थिइन् ।

सोही दिन ती महिलाको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*