हेटौंडाका एक महिने शिशुमा कोरोना पुष्टि
मकवानपुर । हेटौंडाका एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा एक महिने शिशुमा कोरोना संक्रमण देखिएको हो ।
मकवानपुरमा एक वर्षभन्दा मुनीको शिशुमा कोरोना पुष्टि भएको पहिलो पटक हो ।
शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि
परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर परिक्षण गरिएको थियो । परिवारको अन्य सदस्यमा भने कोरोना नदेखिएको हेटौंडा उपमहानगपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले बताए ।
शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको चौलागाईले बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा घरमै आइसोलेटेड भएर बसेका छन् ।










