कोरोना संक्रमणबाट मकवानपुरमा थप एक जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १४:०४
;

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ सिमपानीका ६८ वर्षीय पुरुषको रहेका छन् ।

हिजो (सोमबार) बिहान दुध पु¥याएर फर्केका ती पुरुष आफ्नो घरमा एक्कासि बिहोस भएर ढलेका थिए । बेहोस भएर ढलेको जानकारी पाउँना साथ गाउँपालिकाको स्वास्थकर्मी पुग्दा उनको मृत्यु भइसकेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टिकाराम अधिकारीले जानकारी दिए ।

मृतकको स्वाब संकलन गरी किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा रिर्पोट पोजिटिभ आएको हेटौंडाका जनस्वास्थ्य अधिकृत भोला चौलागाई बताएका छनु ।

उनी दम तथा मुटु लगायत अन्य रोगबाट पीडित थिए । यससँगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*