थप १ हजार ६२ जनाले जिते कोरोना, जित्नेको संख्या ४० हजारबढी
काठमाडौं । नेपालमा १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोना संक्रमितमुक्त भएर डिष्चार्ज भएका हुन । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।
हालसम्म डिष्चार्ज हुनेमा प्रदेश १ मा ३ हजार ५ सय ६२, प्रदेश २ मा ११ हजार ९६, बागमति प्रदेशमा ८ हजार ३ सय ९२, गण्डकी प्रदेशमा २ हजार ३ सय ४५, प्रदेश ५ मा ६ हजार ६ सय ७७, कर्णाली प्रदेशमा २ हजार ५ सय ३१ र सुदुरपश्चिम प्रदेशमा ६ हजार ३५ जना रहेका छन् ।










