कोरोना संकमणबाट मकवानपुरका एकसहित ११ जनाको मृत्यु 

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १७:०१
;

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो ।
मृत्यु हुने महिलामा काठमाडौँकी ८६, सिराहकी ३५, बाराकी ५५ र रुपन्देहीकी ६४ वर्षीया महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषहरुमा मा काठमाडौँका ३४, ९६, ६६,  सर्लाहीका ६४, मकवानपुरका ६१, बाराका ५५ र कपिलवस्तुका ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*