हेटौंडाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौंडाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको परिक्षणमा हेटौंडाका थप २१जनामा संक्रमण पुष्टी भएको हो ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलगाईका अनुसार संक्रमण पुष्टि हुनेहरुमा २ जना महिला र १९ जना पुरुष रहेका छन ।
हेटौंडाका संक्रमितहरुको विवरणः
हेटौंडा–३ का १ जना (४६ वर्षीय पुरुष)
हेटौंडा–५ का ३ जना (२९,२९, ३० वर्षीय पुरुष)
हेटौंडा–६ का ३ जना (२३ वर्षीया महिला र २८,३३ वर्षिय पुरुष)
हेटौंडा–८ का ६ जना (२३,२५,२९,४८,४९,५८ वर्षीय पुरुष)
हेटौंडा–९ का ४ जना (५४ वर्षीया महिला र ३५,५८,५९ वर्षीय पुरुष)
हेटौंडा–१० का १ जना (८ वर्षीय बालक)
हेटौंडा–१७ का ३ जना (३१,३२,३३ वर्षीय पुरुष)
त्यस्तै मनहरीमा २२ जनाका कोरोना संक्रमण पुष्टि भएको छ भने कैलाश गाँउपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको चौलागाईले बताएका छन् ।
यो भदौ २९ गते स्वाब संकलन भएको १ सय ५ जनाको रिपोर्ट मंगलबार सार्वजनिक गरेको जनाईएको छ ।