मकवानपुरको मनहरीमा २२ जना कोरोना संक्रमित थपिए (विवरणसहित)

हेटौडा न्युज
३० भाद्र २०७७, मंगलवार १८:२०
;

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा आज २२ जना कोरोना संक्रमित थपिएका छन् । किटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको परिक्षणमा मनहरी गाँउपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाइका अनुसार संक्रमण पुष्टि हुनेहरुमा १० जना महिला र १२ जना पुरुष रहेका छन् ।

मनहरी गाँउपालिकाको वडा नम्बर–८ मा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ आज एकैदिन २० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तो छ मनहरीको संक्रमितहरुको विवरणः

मनहरी – ६ का १ जना (७२ वर्षीय वृद्ध)
मनहरी – ७ का १ जना (५३ वर्षीय पुरुष)
मनहरी –८ का २० जना ( १३, २१, २२, २७, ३०, ३१, ३३, ४२, ५६, ६० वर्षीया महिला र १, ५, १९, २१, २२, २३, ३२, ३२, ३३, ५२ वर्षीय पुरुष)

मकवानपुरको १० स्थानीय तहहरुमा हेटौंडा उपमहानगरपालिकापछि सबैभन्दा धेरै संक्रमित थपिने गाउँपालिकाको रुपमा मनहरी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*