बागमती प्रदेशमा ८ सय २३ जना कोरोना संक्रमित थपिए

मकवानपुर । बागमती प्रदेशमा ८ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ११ वटा जिल्ला गरी प्रदेशमा थप ८ सय २३ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका ५ सय ५५, काभ्रेमा ८, चितवनमा ३७, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा ८६, मकवानपुरमा ८७, रामेछापमा २, ललितपुरमा ३५ र सिन्धुपाल्चोकमा १ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८ हजार ३ सय ९२ जना पुगेको छ ।
त्यस्तै, प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।