मोटरसाईकल दुर्घटना हुँदा नेपाली सेनाका जमदारको मृत्यु
जनकपुरधाम । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङको घर भइ सुनसरीको इटहरी ४ बस्ने पेशल पाण्डे छन् । उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए ।
को.२२ प २९४४ नम्बरको मोटरसाइकल चढेर पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।










