अस्पताल भर्ना भए कांग्रेस महामन्त्री शशांक कोइराला

हेटौडा न्युज
३१ भाद्र २०७७, बुधबार १२:०१
;

काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमा बसेका काइरालालाई निमोनियाको शंका लागेपछि चाबहिलस्थित ओम् अस्पताल भर्ना भएको भएका हुन् ।

कोइरालालाई माइल्ड खालको निमोनिया र ज्वरो देखिएको अस्पतालका प्रवक्ता विनोद अधिकारीले जानकारी दिएका छन् ।

कोइरालालाई प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा राखिएको प्रवक्ता अधिकारीले बताए ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*