नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
मोरङ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । बेलबारी–९ बाहुनीकी ६४ वर्षीया महिलाको मंगलबार राती मृत्यु भएको हो ।
पित्तथैलीको शल्यक्रियाका लागि आएकी उनको सोमबार स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा मंगलबार पोजिटिभ रिपोर्ट आएको थियो ।
मोरङमा हालसम्म कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३० पुगेको छ ।