योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री
काठमाडौं । जापानका नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन्।
बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी)का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन् । उनले खसेको ४ सय ६२ मध्ये ३ सय १४ मत पाएका छन् ।
उनी यसअघि प्रमुख क्याबिनेट सेक्रेटरी थिए । सुगालाई प्रधानमन्त्री हुने बाटो खुलेको हो ।
७१ वर्षीय सुगाले आबेको विदेश र अर्थ नीतिलाई निरन्तरता दिने बताएका छन् ।
आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिए थिए। सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन्।
उत्तर जापानका स्ट्रबेरी किसानका छोरा सुगाले स्थानीय तहको सदस्यको रूपमा राजनीति सुरू गरेका थिए । सन् २०१२ देखि उनी आबेको क्याबिनेटमा कार्यरत थिए।










