बहराइनका राजकुमारको टोली हिमाल चढ्न नेपालमा

हेटौडा न्युज
३१ भाद्र २०७७, बुधबार १३:०९
;

काठमाडौं । बहराइनका राजकुमारसहित १८ जनाको टोली बुधबार काठमाडौं आइपुगेको छ । मनास्लु र लोबुचे हिमाल आरोहण गर्न राजकुमारसहित १८ जनाको टोली आज काठमाडौं आइपुगेका हुन् ।

काठमाडौं आइपुगेका उक्त टोलीमा राजपरिवार सदस्य र तीनजना बेलायती नागरिक रहेका छन् । राजपरिवार सदस्य सहितको टोली मनास्लु र लोबुचे हिमाल आरोहण गर्नेछन् ।

बहराइनका राजपरिवारले पहिलोपटक हिमाल चढ्न लागेका हुन् । उक्त टोलीलाई लोबुचे हिमाल चढ्न दुई हप्ता र मनास्लु चढ्न एक महिना लाग्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*