दुर्लभ वन्यजन्तु सालकसहित ५ जना पक्राउ

रुपन्देही । दुर्लभ वन्यजन्तु जिउदो सालकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहाको सिरहा नगरपालिका–७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली तिनपाटन गाउँपालिका-३ बस्ने ३२ वर्षीय लोक बहादुर तामाङ, सोही ठाउँ बस्ने ६० वर्षीय लाल बहादुर तामाङ, सर्लाही हरीओम गाउँपालिका–१० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका–१ बस्ने ३५ वर्षीया नेत्रमाया राना रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा सालक सहित फेला पारी बुटवल उपमहानरगपालिका–५ नेपालगञ्ज रोडस्थित ग्राण्डी होटल अगाडिको बाटोबाट पक्राउ गरिएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।