करेन्ट लागेर एक जनाको मृत्यु
सुर्खेत । दैलेखमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भैरवी गाउँपालिका–२ बडचिन्मायाका २४ वर्षीय पुष्कर थापा रहेका छन् ।
बिजुलीका पोल विस्तार गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
पोल सार्ने क्रममा सोही ठाउँका २६ वर्षीय भुपेन्द्र थापा पनि घाइते भएका छन् । उनको दुल्लु अस्पतालमा उपचार भैरहेको छ ।










