नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार नाघ्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार ३ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको हो ।
पछिल्लो २४ घण्टामा १० हजार चार सय ९४ जनाको पीसीआर परीक्षण गर्दा १५ सय ३९ जनामा सङ्क्रमण देखिएको हो ।
नेपालमा १६ हजार दुई सय ४२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।










