४१ हजारबढीले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट एक हजार ६८ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ४१ हजार ७ सय ६ पुगेको छ ।
हालसम्म नेपालमा ५८ हजार ३ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा मात्रै एक हजार ५३९ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ पुगेको छ ।










