ललितपुरमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरका दुई छुट्टाछुट्टै अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं निवासी एक महिला र रामेछाप निवासी एक पुरुषको मृत्यु भएको हो ।
ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत काठमाडौं निवासी ८१ वर्षीय कोरोना संक्रमित महिलाको मंगलवार मृत्यु भएको हो ।
त्यस्तै, गत भदौ २४ गतेदेखि ललितपुरकै निदान अस्पतालमा उपचार गराईरहेका ३६ पुरुषको पनि मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।