बागमती प्रदेशमा ८ सय १९ जनामा कोरोना संक्रमित थपिए

हेटौडा न्युज
३१ भाद्र २०७७, बुधबार १७:४८
;

काठमाडौं । बागमती प्रदेशमा ८ सय १९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ले दिएको जानकारी अनुसार काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ सहित प्रदेशभर थप ८१९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २ र काभ्रेपलाञ्चोकका २ जना रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*