कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मनहरी गाउँपालिका बन्द

हेटौडा न्युज
१ आश्विन २०७७, बिहीबार १०:३९
;

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिए पछि आफ्नो सम्पुर्ण सेवाहरु बन्द गरेको छ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आज एक सुचना जारी गर्दै गाउँपालिकाबाट प्रदान गरिदै आएको सम्पुर्ण सेवाहरु असोज १ र २ गतेका लागि बन्द गरेको हो ।

गत भदौ ३० गते कोरोना परिक्षणका लागि संकलन गरिएको स्वाबको नमुनाको नतिजा अनुसार गाउँपालिका क्षेत्रका स्थानियहरु सहित गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमा देखिएको थियो ।

गाउँपालिका रहेको क्षेत्र मनहरी–९ रजैया पनि बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*