पेट्रोलमा मिसावट गर्ने हेटौंडाका एकसहित २ ट्यांकर चालक पक्राउ
१ आश्विन २०७७, बिहीबार १०:५९
मकवानपुर । पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा हेटौंडाका एकसहित २ जना ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने २६ वर्षीय राजेश विश्वकर्मा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्का रहेका छन् ।
खड्का ना ७ ख ४०९३ नम्बर र विश्वकर्मा ना ७ ख ३९२३ को ट्यांकरका चालक हुन् ।
नेपाल आयल निगम अन्तर्गत अमलेखगञ्ज डिपोमा निगमको करारनामा रहेको ट्यांकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी ल्याउने क्रममा मिसावट गरेको जनाईएको छ ।
।
पक्राउ गरिएका दुबैलाई कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत मुद्दा अघि बढाउन अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।










